काठमाडौं फनपार्कले बुझायो कर

पर्यटन बजार१६ भाद्र २०७९, बिहीबार मा प्रकाशित

काठमाडौं फनपार्कले बुझायो कर

भदौ १६, काठमाडौं । महानगरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।

फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उनले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?