कञ्चनपुर क्षेत्र नं. २ प्रदेश “ख”मा कृपाराम राना सिफारिस

पर्यटन बजार२१ भाद्र २०७९, मंगलवार मा प्रकाशित

कञ्चनपुर क्षेत्र नं. २ प्रदेश “ख”मा कृपाराम राना सिफारिस

भदौ २१,महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुर क्षेत्र नं. २ प्रदेश “ख” मा सुदुरपश्चिममै प्रभावशाली र लोकप्रिय छवि बनाएका युवा कृपाराम राना सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते देशब्यापी रुपमा तोकिएको प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनका लागि राना सिफारिस भएका हुन ।

संविधानसभा सदस्य र एमालेको केन्द्रीय सदस्य तथा  कञ्चनपुर सह–ईन्चार्ज रहेका राना लोकप्रिय मानिन्छन् ।

नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा पुर्व शिक्षक रहेका उनी सामाजिक सेवाका कार्यहरुमा पनि राम्रो छाप छोड्ने व्यक्तित्व बनाएका युवा नेतामा पर्छन् ।

पार्टीको सिफारिसमा परेपछि रानाले जनताको प्रतिनिधिको रुपमा काम गर्नको लागि पार्टी केन्द्रले पनि उचित मुल्यांकन गर्ने विश्वास व्यक्त गरे । काम र क्षमताको मुल्यांकन गर्ने र युवाहरुको भावना बुझ्ने पार्टी एमाले भएको कारण पनि आफू प्रदेशसभाको सदस्य बन्नेमा सन्देह नरहेको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?