टिम्स काउन्टर खोल्न पर्यटन बोर्डले टानसंग गर्यो अनुरोध, एफ आइ टी टिम्स बन्द गरेर मात्र काउन्टर खोल्न पर्यटन श्रमिक संघसंगठनको माग

पर्यटन बजार३१ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

टिम्स काउन्टर खोल्न पर्यटन बोर्डले टानसंग गर्यो अनुरोध, एफ आइ टी टिम्स बन्द गरेर मात्र काउन्टर खोल्न पर्यटन श्रमिक  संघसंगठनको माग

भदौ ३०, काठमाडौं । कोभिडको कारण बन्द रहेका देसैभरका टिम्स काउन्टरहरु खोल्न नेपाल पर्यटन बोर्डले टानसंग अनुरोध गरि रहेको खुलेको छ । टिम्स काउन्टर खोल्ने सम्बन्धमा केही छलफल बैठक समेत भैसकेको टानले जनाएको छ ।

यस सन्दर्भमा जोटुफका सचिव तथा निटोगका अध्यक्ष राम काजि तिवारी “प्रयास” बताउछन; टान एफ आइ टी टिम्स बन्द गर्नु पर्छ भन्ने पक्षमा छ कि विपक्ष त्यो २-४ दिनमा थाहा हुन्छ । एफ आइ टी टिम्स बन्द गर्नका लागि उत्तम समय आएको छ । यो सुनौलो मौका हो, यहि मौकामा टानले स्पष्ट अडानका साथ भन्न सक्नु पर्छ एफ आइ टी टिम्स बन्द नगरी हामी काउन्टर खोल्दैनौ । एफ आइ टी टिम्स खारेज गर्ने बिषयमा नेपाल पर्यटन बोर्ड संचालन समितिको बैठकले समेत निर्णय गरिसकेको समेत गोप्य श्रोतले बताएको छ ।

तिवारी भन्छन अझ यो बेला टानले जोड गर्नु पक्ष के छ भने एफ आ टी टिम्स बन्द गरेर ग्रुप टिम्सलाइ पनी ई टिम्स बनाएर देसै भए लागू गर्न पर्दछ । टिम्सलाई एकद्वार प्रणालीबाट बिक्रीवितरणगर्न पर्दछ । आम्दानीको रकमको बाँडफाँड सरकार, पर्यटन बोर्ड, टान र श्रमिकमैत्री बनाएर मात्र बेच्ने भए काउन्टर खोल्छौ, नत्र खोल्दैनौ भनेर भन्न सक्नु पर्छ ।

एफ आइ टी टिम्स लागु गरेरै टिम्स काउन्टर खोल्ने निर्णय टानले गर्यो भने टानको अस्तित्व सकिन्छ । यो कुरामा दुई मत छैन । अब आम व्यवसायीहरु पनि एफ आइ टी टिम्सको पक्षमा छन कि बिपक्षमा त्यो पनि स्पष्ट देखिने दिन आएको छ ।एफ आइ टी टिम्स लागु गरेरै टानले टिम्स काउन्टर खोल्यो भने सबैभन्दा पहिला टानमा तालाबन्दी गर्ने आफुहरुको योजना रहेको समेत तिवारीले सुनाए ।त्यस पछि चरणबद्ध नेपाल पर्यटन बोर्डमा आन्दोलन र तालाबन्दी गर्ने योजना पर्यटन क्षेत्रका श्रमिक संगठनहरु रहेको तिवारीले स्पष्ट पारेका छन ।

Facebook Comment

छुटाउनुभयो कि?