पर्वतिय पर्यटनलाई थप उचाईमा पुर्याउन पर्यटनमन्त्री र टानबिच छलफल

पर्यटन बजार२ आश्विन २०७९, आईतवार मा प्रकाशित

पर्वतिय पर्यटनलाई थप उचाईमा पुर्याउन पर्यटनमन्त्री र टानबिच छलफल

असोज २, काठमाण्डौ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको नवनिर्वाचित नेतृत्वको टिमले आज संस्कृति,नागरिक उड्डयन तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग आफ्नो औपचारिक भेटघाट गरेको छ।

उक्त भेटघाट कार्यक्रममा टानका अध्यक्ष निलहरि बास्तोलाले पर्वतीय पर्यटन क्षेत्रमा पछिल्लो समय थुप्रै समस्याहरू देखा परेका कारण आफ्नो नेतृत्वले उक्त समस्याहरूलाई पहिचान गरी समाधान गर्न पर्यटन मन्त्रालय र सरोकारवाला निकायहरूले आफूहरूलाई सहयोग पुर्याउन आग्रह गरे ।

आफूले र आफ्नो नेतृत्वको समुहले टानलाइ एक नयाँ उचाइमा पुर्‍याउन हर सम्भव प्रयास गर्ने र उक्त कार्य पर्यटन सम्बद्ध संस्था र मन्त्रालयका साथले नै सम्भव हुने समेत बास्तोलाले पर्यटनमन्त्री श्रेष्ठलाई बताएका छन। 

नवनियुक्त नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पर्वतीय पर्यटनलाई थप सुदृढ बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

टानले नयाँ कार्यसमिती पाएको एक महिना भएको छैन तर यस छोटो अवधिमा अध्यक्ष बास्तोला सहितको टिमले टानलाइ नयाँ उचाई दिन र आफ्नो कार्यकाललाइ सफल बनाउन मेहेनत गरिरहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?