सोफा व्यवसायमा फड्को मार्दै पर्यटन व्यवसायी अमागाई !

पर्यटन बजार३ आश्विन २०७९, सोमबार मा प्रकाशित

सोफा व्यवसायमा फड्को मार्दै पर्यटन व्यवसायी अमागाई !
असोज ३, काठमाडौँ। दिनभरिको कामबाट थाकेको व्यक्तिको थकाई मार्ने ठाउँ अर्थात् आफ्नो घर, सयौँ ठुला सपना देखेर सानो सपनालाई नजरअन्दाज गर्दै उभ्याएको अफिस, दिन रातको व्यस्त दैनिकी बाट केही पल हर्ष र उमङ्गका साथ बिताउन चाँजो मिलाइदिने होटेल/ रेस्टुरेन्ट हुन्   । तिनीहरूलाई सुन्दर  र आकर्षक बनाउनका लागि हामी विभिन्न तरिकाहरू अपनाउने गर्छौ ।

यिनीहरूका लागि हामी प्रायः नयाँ-नयाँ सामान किन्छौ, त्यही नयाँ सामानले आफ्नो सपना सजाउँछौ  । नयाँ सामान किन्ने लिस्टमा सबै भन्दा महत्त्वपूर्ण कुरा सोफा पनि हुन सक्छ । हाम्रो घरमा होस् या अफिसमा, रेस्टुरेन्ट होस् अथवा होटेलमा कोही नयाँ पाहुना आउनासाथ बस्नको लागि सोफाको आवश्यकता पर्दछ । त्यसैले उक्त सोफा आकर्षक तथा आरामदायी हुनु पर्छ ।

सोफाले हाम्रो घरको सजावट बढाउँछ,त्यसका लागि सही सोफाको छनौट गर्नु अति आवश्यक हुन्छ । त्यसैले सधैँ आफ्नो आवश्यकता अनुसारको रङ्ग भएको सोफा नै छनोट गर्नु पर्छ ।

सोफा किन्नु भन्दा अघि त्यसको रङ्ग, बनावट, मजबूती जस्ता कुराहरू महत्त्वपूर्ण हुन्छ । पछिल्लो समय सोफाको बढ्दो माग र खस्किँदो गुणस्तरका कारण भनेजस्तो सोफा पाउन गाह्रो छ। आजको जटिल र प्रमुख आवश्यकता भनेको  गुणस्तर नै हो यिनै कुराहरूलाई मध्यनजर गर्दै पर्यटन व्यवसायमा लामो समय बिताएका सुरेश अमागाइले मेगा फर्निचर सञ्चालनमा ल्याएका छन्।

 

ब्लेजर ट्राभल्स एन्ड टुर्सका सञ्चालक अमागाई प्रतिस्पर्धामा भन्दा गुणस्तर र सिर्जनात्मकता विश्वास राख्छन्। त्यसैको सफल उदाहरण हो मेगा फर्निचर।  जहाँ विभिन्न रङ्ग, आकर्षक डिजाइनका सोफाहरू अर्डर अनुसार  सहुलियत मूल्यमा उपलब्ध छ।

काठमाडौँको बालाजु-बनस्थलीमा रहेको उनको उक्त फर्निचरले यो महामारीको दौरानमा पनि करिब पच्चीस जनालाई रोजगारी दिन सफल भएका छन् ।

ग्राहकको सन्तुष्टिलाई आफ्नो सफलता ठान्ने मेगा फर्निचरले बाहिरी बनावटमा मात्र हैन सोफामा प्रयोग हुने काठ, किला काँटा, कपडा र कालिगडमा समेत कुनै कन्जुस्याइँ गरेको छैन।

त्यति मात्र हैन मेगाले आफ्नो ग्राहकबर्गलाई मध्यनजर गरेर तयार भएका सोफाहरू सिधै फ्याट्री देखि घर वा अफिसमा सम्म बिना शुल्क होम डेलिभरीको सुविधा समेत उनले दिँदै आएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?