झापामा “पहिलो पाउ पाथिभरा”को उत्पत्ति

पर्यटन बजार३ आश्विन २०७९, सोमबार मा प्रकाशित

झापामा “पहिलो पाउ पाथिभरा”को उत्पत्ति

असोज ३, दमक। झापामा पहिलो पाउ पाथीभरा माताको उत्पत्ति भएको छ। सितापुरि नमुना चोकमा भर्खरै मात्र मन्दिर स्थापना थालिएको माताको स्वरूप चाहिँ पुरानै हो भन्ने भनाइ रहेको छ।

विशाल सिमलको रुख मुनि २०७९ साल श्रावण ७ गते शनिवार सिला स्थापनाका साथै ताप्लेजुङ ठुली पाथीभराका पुजारी डिल्लीराम आचार्यका सल्लाह अनुसार पाइला,घण्टा ,त्रिसुल ,सिला फूलपाती आदि सामान ल्याइको थियो। साथै भाद्र महिनाको १८ गते भक्तजनको विशाल उपस्थिति मा भजन कीर्तन गरी देवी को प्रतिमा राखी उद्घाटन समेत सम्पन्न गरियो।

त्यस्तै पहिलो पाउ पाथीभरा माताको निर्माणाधीन स्थलमा स्थानीयको सहयोग र भक्तजनको दान दक्षिणाबाट काम भइरहेको  छ।

किम्बदन्ती
दसकौँ वर्ष अगाडी यो ठाउँमा धामी झाँक्री  ज्योतिष ,बुढापाकाका अनुसार पाथीभरा देवीले यस पवित्र भूमिमा पहिलो पाउ राखेर हिमालयको काखमा गएको भनाइ छ ।

त्यसैले यो ठाउँमा कुनै पनि बस्ती नबस्नु र अन्न बाली पनि नलगाउनु भनी भगवतीले पाइला राखेर गएकोले सोही अनुरूप यस ठाउँ लाई यहाँका बुद्धिजीवीहरूले संरक्षण गर्दै आएका थिए। हाल भने स्थानीयले यस ठाउँमा भगवती देवी को स्थापना गरेका छन्।

यो पवित्र भूमिको दर्शन गर्नाले स्वच्छ मनले चिताएको पूरा हुने  र रोग व्याध नष्ट हुँदै जाने जनविश्वास रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?