सोट्टोले सम्पन्न गर्यो हाइकिङ कार्यक्रम

पर्यटन बजार३ आश्विन २०७९, सोमबार मा प्रकाशित

सोट्टोले सम्पन्न गर्यो हाइकिङ कार्यक्रम

असोज ३,काठमाडौं । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो–नेपाल)ले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ ।

पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ विगतका वर्षहरू जस्तै यो वर्ष पनि एक दिने हाइकिङ कार्यक्रम गरिएको हो।

यस वर्ष भने हाइकिङ नाला गुम्बा, महांकालेश्वर, नाटारम्बेश्वर, साँगा शिव मन्दिर, आसापुरी, घ्याम्पेडाडा सम्म पुगेर कार्यक्रम सम्पन्न भएको थियो।

काठमाडौँ उपत्यका भित्र रहेका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सहभागी सबैलाई यस रुटको बारेमा जानकारी सहित नयाँ वातावरणमा घुलमिल हुने अवसर प्रदान गरेको सोट्टो नेपालका अध्यक्ष नारायण पराजुलीले बताएका छन् ।

चिसो हावा, सुन्दर तथा हरियाली जङ्गल र स्वच्छ वातावरण यस क्षेत्रका विशेषता हुन् । हाइकिङमा नाट्टाका पदाधिकारी , टानका पदाधिकारी , भिटोफका पदाधिकारी , सोट्टोका पदाधिकारी तथा सदस्यहरू, नेपाल पर्यटन बोर्डका पदाधिकारी र  उपत्यका पर्यटन कार्यालयका कार्यालय प्रमुख  समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?