पर्यटन बोर्डले गर्‍यो एफ आइ टी टिम्स हटाउने निर्णय,   निर्णय कार्यान्वयन गर्न श्रमिक संगठनहरुको ध्यानाकर्षण 

पर्यटन बजार६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

पर्यटन बोर्डले गर्‍यो एफ आइ टी टिम्स हटाउने निर्णय,   निर्णय कार्यान्वयन गर्न श्रमिक संगठनहरुको ध्यानाकर्षण 

 

असोज ६, काठमाडौँ। पर्यटन क्षेत्रमा सक्रिय पर्यटन श्रमिक संघ संगठनहरुको साझा फोरम संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले नेपाल पर्यटन बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ;

ट्रेकिङ र पर्वतारोहणमा जाने एकल पर्यटकहरू हराउने समस्या दिनानुदिन बढ्दै गएको छ, जसको कारण हाम्रो पर्यटकीय गन्तव्यहरू असुरक्षित गन्तव्यको रूपमा विश्व भरि नै बदनाम भई रहेको छ । यसरी विश्वव्यापी रूपमा भई रहेको बदनामलाई रोक्न नसक्ने हो भने निकट भविष्यमा पर्यटन उद्योग नै विस्थापित हुने अवस्था सिर्जना उन्मुख देखिन्छ । पर्यटन उद्योगलाई स्थापित गरी व्यवसाय र श्रमिक जोगाउनु सबैको दायित्व हो ।

Free Individual Trekkers Tnformation Management System
FIT-TIMS तत्काल पूर्ण रूपमा बन्द गरी Group TIMS (G-TIMS) लाई देश व्यापीरुपमा लागु गरिनु पर्दछ । G-TIMS लाई E-TIMS को रूपमा विकास गरी ट्रेकिङ र पर्वतारोहणमा जाने सम्पूर्ण दलहरूसँग अनिवार्य पथप्रदर्शक (गाइड) तथा श्रमिकहरू लिएर मात्र जान पाउने व्यवस्था गर्नु पर्दछ । उक्त नीतिले सरकार, उद्योग, व्यवसायी र श्रमिक सबै पक्षको हित गर्दछ । नेपाल पर्यटन बोर्डको सञ्चालन समितिको बैठकबाट समेत निर्णय भई सकेको

Free Individual Trekkers Tnformation Management System
FIT-TIMS लाई तत्काल पूर्ण रूपमा बन्द गर्ने निर्णयलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने व्यवस्था गर्न/गराउन नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराउँदछौ ।

अन्त्यमा, यस ध्यानाकर्षण पत्रको बेवास्ता गरिएको खण्डमा जोटुफ र  जोटुफ आबद्ध ट्रेड युनियनहरू नेपाल पर्यटन बोर्ड  विरुद्ध चरणबद्ध आन्दोलन र तालाबन्दी समेत गर्न बाध्य हुने र त्यसबाट हुन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी नेपाल पर्यटन बोर्ड स्वंम हुनु पर्ने छ ।

यो ध्यानाकर्षण पत्रमा संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) का तर्फबाट अध्यक्ष जोटुफ एवं क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालका अध्यक्ष देवि गौलि, जोटुफका सचिव एवं नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) अध्यक्ष राम काजी तिवारी “प्रयास”, जोटुफका सदस्यहरु  एवं अ. नेपाल पर्यटन मजदुर संघका महासचिव सन्तोष ढकाल, समाजवादी पर्यटन श्रमिक ट्रेड युनियनका महासचिव सार्की शेर्पा, एकिकृत पर्यटन श्रमिक संगठनका महासचिव कामी शेर्पा र नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दिपेन्द्र पाण्डे ( कपिल) ले हस्ताक्षर गर्नु भएको छ ।
यो पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, पर्यटन विभाग विभाग, भृकुटीमण्डप, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, वानेश्वर र ट्रेकिङ एजेन्सिन् एसोसिएसन अफ नेपाल (टान) लाई वोधार्थका रूपमा जानकारी गराएको समेत जोटुफका सचिव तिवारीले बताउनु भयो ।

Facebook Comment

छुटाउनुभयो कि?