पर्यटन बजार१ मंसिर २०७९, बिहीबार मा प्रकाशित
मङ्सिर १, काठमाडौं । काठमाडौं–३ मा निवर्तमान सांसद एमालेका कृष्ण राईलाई टक्कर दिदै गोकर्णेश्वरका पूर्वमेयर सन्तोष चालिसे घर दैलो अभियानमा सक्रिय छन्। ।
नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका चालिसे यो पटक आफुले जित्नेमा ढुक्क देखिन्छन् । गोकर्णेश्वरको मेयरका रूपमा अघि सारेर पूर्णता नपाएका परियोजनालाई पूर्णता दिने मौकाका रूपमा उनले आफूलाई अगाडि सारीरहेका छन् । साथै आफ्नो क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलको स्तरोनन्न्ति गरेर पर्यटकीय चहलपहल बढाउन विभिन्न योजानाहरु अगाडि ल्याएका छन्।
नगरपालिकाको मेयर भएर काम गर्दैगर्दा कोरोनाले देश संकटमा फसेको थियो । त्यसबेला नगरपालिकाका तर्फबाट नागरिकसँग जोडिने थप मौका उनका लागि अनुकूल बन्यो ।
जनताका प्रत्येक दुख सुखलाई नजिक बाट बुझेका चालिसे अबको पाँच वर्ष मेयरभन्दा अझ फरक र प्रभावकारी रूपमा जनतासामु रहनेमा विस्वस्त छन्।
चुनाव जित्नुहुन्छ त ? प्रश्नमा चालिसेले भन्छन् , मेरो हिजो गरेको कामको अधारमा घरघरमा घडासहित स्वागत भइरहेको छ । मनमा अरूकै नाम राखेर पक्कै पनि घडा राख्नुभएको छैन होला,” चालिसेले भने, “म निर्वाचन क्षेत्रका जतिपनि ठाउँमा गएको छु, यस्तै सद्भाव पाएको छु । त्यसैले निर्वाचन नजिकिँदै गर्दा अझ आत्मविश्वास बढेको छ ।”
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit