‘बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२’ आयोजना हुने

पर्यटन बजार१ मंसिर २०७९, बिहीबार मा प्रकाशित

‘बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२’ आयोजना हुने

मंसिर १,काठमाडौं । नेपालमा पहिलोपटक ‘बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२’ आयोजना हुने भएको छ। बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल (बान) को आयोजनामा १३ डिसेम्बर २०२२ मा उक्त अवार्ड आयोजना हुन लागेको हो।

पर्यटन क्षेत्रमा हवाइ क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई जनउत्तरदायी बनाउने अभिप्रायका साथ उक्त अवार्ड कार्यक्रम गर्न लागेको बेस्ट एयरलाइन्स अवार्ड्स नेपालका अध्यक्ष सागरदेव लाखेले बताए।

विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स अवार्ड्समध्ये तीन विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको छ।

११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी २ विधामा हवाइ उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट उत्कृष्टलाई चयन गरिनेछ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा हुने यस कार्यक्रमका लागि हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा र आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन्।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा विजेता तय गरिनेछ।

निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल एसोसिएसन नेपालकी सिर्जना राणा स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे रहने छन्।

त्यस्तै नाटाका पूर्व अध्यक्ष सिएन पान्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत द उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वार, लिड नेपाल इन्क्वाय अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि रहने छन्।

बेस्ट एरलाइन्स अवार्ड्स नेपाल २०२२ को हस्पिटालिटी पार्टनरको रूपमा हायात प्लेस काठमाडौं र एयरलाइन्स अवार्ड नेपालबीच बुधबार सम्झौता भएको छ।

हायात प्लेस काठमाडौंका डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ अचिन्त रस्तोगी र अध्यक्ष सागरदेव लाखेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

 

 

Facebook Comment

छुटाउनुभयो कि?