द लास्ट रिसोर्ट : साहसिक पर्यटनको धरोहर

sangita Bhattarai१ पुष २०७९, शुक्रबार मा प्रकाशित

द लास्ट रिसोर्ट :  साहसिक पर्यटनको धरोहर

पुष १ ,काठमाडौँ। नेपालीहरु पहिले देखि नै साहसी, अहिलेको समयमा एडभेन्चर पर्यटकको मुख्य आकर्षणको रूपमा पस्किने प्याकेजहरू बेला नेपालीहरूको आफ्नो दैनिकी थियो।  उनीहरूले पाखा पखेरा, गाउँ बेसी गरेर हाइकिङ ट्रेकिङको अनुभव लिन्थे, घाँस काट्नकै लागी भिर पहरा उक्लेर रक क्लाइबिङ्को भने तुइनको जोखिमपूर्ण यात्रा गरेर आधा उधी बन्जी जिपलाईनको अनुभव पनि लिन्थे भन्दा फरक पर्दैन। 

  लास्ट रिसोर्टले त्यति बेला उडान भर्यो जुन बेला नेपाली आम मान्छेको सपनामा यसले बिल्कुलै महत्त्व राख्दैन थियो। आफ्नो जिन्दगीको हरेक क्षण तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य नेपालीहरू माझ यसले उत्साह नजगाउनु स्वाभाविक पनि थियो। उनीहरूले आफ्नो बाध्यतालाई थोरै बदलाव गरेर खेलको नाममा परिवर्तन गर्न सकिन्छ भन्ने कहिल्यै सोचेनन् अथवा चाहेनन् पनि।  

अहिले हरेक नेपालीले फेसनको रूपमा प्रयोग गर्ने यस खेल त्यति बेला जीवन मृत्युको दोसाँधमा यात्रा गरिरहेको आम यात्रीको डरको घर थियो। त्यही डरलाई चिरेर नेपालको साहशिक खेलको रूपमा उदाउनु थियो बन्जी जम्पलाई।  नेपालीले कहिल्यै नदेखेको सपनालाई उनीहरूको प्यासन बनाउन लास्ट रिसोर्ट्लाई ठुलो चुनौती थियो।  तर भनिन्छ नि जहाँ चुनौती त्यही अवसर त्यही चुनौतीलाई अवसरमा बदल्न धेरै समय खर्चेको लास्ट रिसोर्टले। 

पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा साहसी पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको क्यानोनिङ, बन्जी, स्विङ, ट्यान्डम स्विङ, कायकिङ, र्याफ्टिङ, रक क्लाइबिङ् लगायत धेरै साहसी खेलहरूमा पर्यटकहरूको राम्रो सक्रियता देख्न सकिन्छ। साहशिक क्रियाकलाप अहिलेको युवा पुस्ताको नयाँ जीवनशैली बनेर धड्किरहँदा यो समय आइपुग्न क्रान्ति गरेका धेरै कुराहरू हामीले नजरअन्दाज गर्न सक्दैनौ।  त्यही क्रान्तिको गाथालाई आज हामी उजागर गर्दै छौ।

पानीले देखाएको हावाको सपना

लास्ट रिसोर्टको आफ्नै कथा छ।  सुरुवातका कथा, सङ्घर्षका कथा, असफलताका कथा साथै सफलताले शिखर चुमेको कथा। यो कथा भनिरहँदा छुटाउनै नहुने महत्त्वपूर्ण अर्को नाम होडेभिड एलाडाइस। जसको सपना बन्यो नेपालमा बन्जीको सुरुवात गर्ने। एलाडाइसको सपनाको परिवर्तित रूप हो लास्ट रिसोर्टभोटेकोसीअर्थात् पहिलो नेपाली बन्जी कम्पनी। 

न्युजिलाण्डका नागरिक एलाडाइस भोटेकोसीमा र्याफ्ट गाइडका रूपमा काम गर्थे। र्याफ़्टिङ् गाइड भएर काम गर्दा उनलाई अहिलेको पुल भएको स्थान बन्जीको लागि अत्यन्त उपयोगी लाग्यो माथि दुवैतिर ठुला ठुला पहाड। बिचमा सुस्केरा मार्दै आफ्नै गतिमा कलकल बगिरहेको भोटेकोसी। १६० मिटर गहिरो खोँच  तर बन्जीको लागी पर्फेक्ट।  उनलाई लोभ्यायो यो स्थानले।  उनले सन् १९९९ मा आफ्नो सोचलाई सार्थक बनाउन न्युजिल्यान्डबाट विज्ञ स्विस इन्जिनियर ल्याए। त्यहाँ पुल निर्माण गर्न लगाए। अरू देशमा बन्जी क्रियाकलाप सुरु भइसकेको भए पनि नेपाल जस्तो  सुन्दर ठाउँमा भएको  थिएन।  त्यसैले यो सुनौलो मौकालाई उनले खेर जान दिएनन्।

साहसिक पर्यटनमा नयाँ युग

यो सङै नेपालमा बन्जीको छेत्रमा नयाँ युगको सुरुवात भयो आजको अवस्थामा नेपालमा साहसिक पर्यटनको क्षेत्र निकै ठुलो भइसकेको छ।  लगभग आधा दर्जन बन्जी कम्पनीहरू सुरु भइसके  तर प्राय सबैमा काम गर्ने बन्जी मास्टरहरू लास्ट रिसोर्टले जन्माएको आफ्नो कम्पनीले उत्पादन गरेका बन्जी मास्टरहरू अन्य कम्पनीमा गएर काम गरेको देख्दा मन प्रफुल्ल हुने लास्ट रिसोर्टका जनरल म्यानेजर भुवन शर्मा बताउँछन्

सामान्यतः अग्लो स्थानबाट तल हेर्दा मात्रै पनि जो कोहीलाई डर लाग्छ त्यत्रो अग्लो ठाउँबाट डोरीकै भरमा हाम फाल्दा कस्तो अनुभव होला? सोच्दा नै आङ सिरिङ्ग हुन्छ। आफू हर किसिमले सुरक्षित छु भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ पुगेपछि होसहवास उड्छ। तर पनि आजको मान्छेको प्यासन बन्न सफल भएर होला, लास्ट रिजोर्टमा आफ्नो डरलाई जितेर ५२४ फिट माथि बाट तल हावामा छलाङ मार्नेहरूको  भिड लागिरहन्छ।  

पटक पटक प्राकृतिक प्रकोपको प्रहार

लास्ट रिसोर्टको जति चर्चा परिचर्चा अहिलेको अवस्थामा यो समयसम्म आइपुग्न यो संस्थाले कम मेहनत गरेको छैन। यसले सुरुवाती चरणमा क्रान्तिको नाममा गोला बारुद बाट आतङ्कित मान्छेहरूको सुस्केरा सहनुपर्यो भने केही समय पछि ७१ सालको जुरे पहिरो लगत्तै  ७२ सालको भूकम्प पनि सहनु पर्यो। जसको फलस्वरूप यहाँ पुग्ने पर्यटकहरू घटे।  आफैलाई टिकाइराख्न पनि गाह्रो पर्ने स्थिति सम्म आयो।  यो बाट बिस्तारै पार पाउँदै गर्दा फेरी कोरोनाले नराम्ररी आफ्नो चपेटमा पार्यो।  हुँदा हुँदा भोटेकोसी क्षेत्र सम्म पुग्दै नपुगेको हेलम्बुमेलम्ची बाढीको असर समेत लास्ट रिसोर्टले झेल्नुपर्यो।  त्यसो यहाँ भन्दा पहिला पनि अफवाह कै भरमा पर्यटकहरू नघटेका हैनन्।  यी सबैको एकमात्र कारण हो लास्ट रिसोर्ट सिन्धुपाल्चोक जिल्लामा हुनु।  किनकि भौगोलिक बनावटको कारणले एक पछि अर्को प्राकृतिक प्रकोपका घटनाहरू भइरहेपछि मानिसहरूमा भ्रम पैदा हुनु स्वभाविक पनि हो तर पनि हिम्मत नहारी आफ्नो नाम सँग जोडिएको दायित्व पुरा गरिरहेको लास्ट रिसोर्टले।  समयको बहाव सँगै आफू हिँड्दै, घस्रँदै, रोकिँदै, बामे सर्दै फेरी दगुर्न ठुलै हिम्मत चाहिन्छ। यो हिम्मत आफैले आफैलाई दिइरह्यो लास्ट रिसोर्टले।  

आन्तरिक पर्यटकको बाहुल्यता

२०७२ को भूकम्प अघि धेरै जसो विदेशी (सरदर ७० प्रतिशत विदेशी ३० प्रतिशत आन्तरिक) पर्यटकहरू पुग्ने गरेको यहाँ तर अहिले ठिक उल्टो भएको अहिले बन्जी धान्ने नै आन्तरिक पर्यटक छन्   धेरैजसो १८ देखि ४५ वर्षको उमेर समूहको मान्छेहरू बन्जी गर्न पुग्ने गरेका छन्।  बन्जी गर्नको लागी नेपालबाहेक भारत, बङ्गलादेश, इजरायल, चीन लगायत एसियाका पर्यटक पनि आउँछन् ।साथै रिसोर्ट अवलोकन गर्न आउनेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस स्थानमा  क्याम्पिङ नाइट स्टे को लागी जानेहरु पनि उत्तिकै लालायित हुने गरेका छन्।  लास्ट रिसोर्टले आफूलाई साहसिक पर्यटनमा मात्र केन्द्रित गरेको छ। आवास सहितको क्यानोनिङ, बन्जी, स्विङ, ट्यान्डम स्विङ, कायकिङ, र्याफ्टिङ लगायत एडभेन्चर स्पोर्ट्समा रिसोर्टले काम गरिरहेको छ। पछिल्लो समय, रिसोर्टले प्रारम्भिक सिकाइका लागि रक क्लाइम्बिङ, हाइरोप्स लगायत स्पोर्ट्स पनि थपेको छ।

Canyoning at The Last resort  in Nepal

आजको आधुनिक समयमा फरक पहिचानका साथ आफूलाई उभ्याइरहन सफल लास्ट रिसोर्ट अन्य भन्दा धेरै पृथक् छ। यो ठाउँ प्रकृति प्रेमिका लागी उत्तम गन्तव्य हो शान्त वातावरण, फरक भौगोलिक बनावट, कलकल बग्ने  खोला, पहराहरूमा लुकामारी खेल्दै ओरालो बगेका झरना, पातहरूको सुसेली भुईमान्छे को जीवनशैली यहाँको विशेषता हुन्।  यिनै सुन्दरतामा मदहोश हुन्छन् त्यहाँ पुग्ने जो कोही। आफ्नो व्यस्त दैनिकी बाट एकान्तको खोजीमा भौँतारिइएका थकित अनुहारहरू त्यहाँ पुगेपछि सर्वोत्तम खुसीमा समाहित हुँदै ऊर्जा लिएर फर्कने गर्दछन्। 

आजको आधुनिक समयमा फरक पहिचानका साथ आफूलाई उभ्याइरहन सफल लास्ट रिसोर्ट अन्य भन्दा धेरै पृथक् छ। यो ठाउँ प्रकृति प्रेमिका लागी उत्तम गन्तव्य हो शान्त वातावरण, फरक भौगोलिक बनावट, कलकल बग्ने  खोला, पहराहरूमा लुकामारी खेल्दै ओरालो बगेका झरना, पातहरूको सुसेली भुईमान्छे को जीवनशैली यहाँको विशेषता हुन्।  यिनै सुन्दरतामा मदहोश हुन्छन् त्यहाँ पुग्ने जो कोही। आफ्नो व्यस्त दैनिकी बाट एकान्तको खोजीमा भौँतारिइएका थकित अनुहारहरू त्यहाँ पुगेपछि सर्वोत्तम खुसीमा समाहित हुँदै ऊर्जा लिएर फर्कने गर्दछन्। यही सुन्दर वातावरणलाई कायम राख्न सफल भएकोमा खुसी व्यक्त गर्छन् लास्ट रिसोर्टका जनरल म्यानेजर शर्मा।  आगन्तुकहरू आफ्नो जीवनको अमूल्य अनुभव सँगाल्न हाम्रो स्थानमा आउनुहुन्छ उहाँहरूको सपना लाई यथार्थ मा परिणत गर्न हामी कहिले कुनै कुरामा कन्जुस्याइँ गर्दैनौउनले भने। 

प्रकृतिको मिठो आभास होस् या डरलाई जित्ने साहस, हावामा हाम फाल्दाको अत्यास होस् या पानीमा तैरँदाको खुसी, उत्साहित मन होस् या हरेस खाएका थकित अनुहार, यी सबैको रोजाईमा पर्ने लास्ट रिसोर्ट पुग्नै पर्ने गन्तव्य मध्येको एक हो।

 

 

     

Facebook Comment

छुटाउनुभयो कि?