पर्यटन बजार३ पुष २०७९, आईतवार मा प्रकाशित
पुष ३ ,पोखरा। बलिउड अभिनेता विवेक ओबरोय हाल नेपाल भ्रमणमा रहेका छन्। नेपालका बिभिन्न स्थान घुम्ने क्रममा उनले पर्यटकीय नगरी पोखरामा हट एअर बेलुनमा उडान गरेका छन् ।
सपरिवार नेपाल घुम्न आएका उनले शनिवार बिहान पोखरामा बलुन नेपालले सञ्चालनमा ल्याएको हट एअर बेलुनमा उडान गरेका हुन् । उडान अगाडि ओबरोयले आफ्ना वुवा सुरेश ओबरोयको जन्मदिनको अवसरमा केक काटेर सेलिब्रेसन समेत गरेका थिए ।
यसअघि शुक्रबार हाइग्राउण्ड एडभेञ्चरको जिपलाइन र स्काइक्रिमरमा रमाईलो गरेका थिए । यसअघि उनी काठमाडौंमा पशुपतिनाथ र चन्द्रागिरी हिल्स पुगेका थिए ।
ओबरोय घुमफिरका लागि १० दिने नेपाल भ्रमणमा आएका हुन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit