रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले गरे भ्रमण

पर्यटन बजार६ पुष २०७९, बुधबार मा प्रकाशित

रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले गरे भ्रमण

पुष ६,दोलखा। दोलखा स्थितको रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले भ्रमण गरेका छन् । बिभिन्न ३९ देशका ४१६  विदेशी नागरिकले गौरीशङकर संरक्षण क्षेत्रको पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका गौरीशङकर संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रको तथ्याङक अनुसार सबैभन्दा धेरै ७१ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । अमेरिकाबाट ४८, जर्मनबाट ४२, बेलायतबाट ३१, स्पेनबाट २८, अष्ट्रेलिया २२ स्वीट्जरल्यान्डबाट १७, क्यानडाबाट १४, जापनबाट नौ जनालगायत रहेका छन् ।                                                                                                यहाँ पाँच हजारभन्दा माथिका थुप्रै हिमालहरु रहे पनि सात हजार १३४ मिटर उचाइको नेपालको समय मापनको विन्दु मानिएको र धार्मिक परम्परानुसार गौरीशङकर हिमालको आरोहणको अनुमति रहेको छैन ।

धार्मिक तथा प्राकृतिक रुपमा सम्पन्न दोलखा आफैमा पर्यटकीय गन्तव्य हो । दोलखामा पर्यटक ल्याउने गुरु योजनाहरु भने अझै अलमल देखिएको सरोकारवालाहरु बताउँछन् । गौरीशङकर हिमाललाई समेटेका यस संरक्षण क्षेत्रभित्र माथिल्लो तामाकोशी, भोटेकोशी, खिम्ती, सुनकोशी आदि नदीहरू पर्दछन् । विश्व प्रख्यात च्छोरोल्पा हिमताल, दूध पोखरी, पाँच पोखरी, जटा पोखरी, भैरव कुण्ड र बहुला पोखरीजस्ता प्रख्यात क्षेत्र पनि यसैभित्र पर्दछन् ।

Facebook Comment

छुटाउनुभयो कि?