पर्यटन बजार६ पुष २०७९, बुधबार मा प्रकाशित
पुस ६,काठमाडौं । नेपाल सँस्कृति केन्द्रको आयोजना र नेपाल चलचित्र विकास बोर्डको सहआयोजना ‘छैटौ अन्तराष्ट्रिय चलचित्र महोत्सव पामे´, पोखरामा हुन गइरहेको छ। फेस्टिभलमा ३२ राष्ट्रका विभिन्न विधामा लघु चलचित्र,बृत्तचित्र, कथानक चलचित्र र विद्यार्थी चलचित्र गरि ५१ वटा चलचित्र देखाइने छ ।
पोखरा फिल्म सोसाइटी, इन्डीपेन्डेन्ट फिल्म मेर्कस सोसाइटी र पूर्वाञ्चल रक्सको सहकार्य रहेको महोत्सव पोखराका नेपाल पर्यटन वोडको सभाकक्ष, अल्फान्जो रिर्सोट, फिलगुड रिर्सोट, काम पोखरा रिर्सोट लगायतका स्थानमा प्रर्दशन हुनेछन ।
महोत्सवको ओपनीङ चलचित्र किरण भक्त जोसीको मन्डला, सुर्य शाहीको ह्वील्स वन द बस , र कलनी गकोनको सपनाको आवाज बाट हुनेछ । भने महोत्सवको समापन विद्या चापागाँई र कमल कुमारको डकु चलचित्र बाघको बंगारा बाट हुनेछ ।
यसपटक महोत्सवको जुरीमा फ्रान्सकी कास्टीङ एजेन्ट कोलेट टोस्टीविन्ट, गौतम धिमाल, अनुप सुवेदी, जितेश प्रधान र विमला भण्डारी रहनेछन । यसपटक विभिन्न पाँच वटा विधामा पुरस्कार राखिएको छ । लघुकथानक, लघु बृत्तचित्र, ठुला कथानक चलचित्र, ठुला बृत्तचित्र, र विद्यार्थी चलचित्र रहनेछन ।
पामे चलचित्र महोत्सव एउटा यस्तो उत्सव हो, जहाँ ख्याती प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रहरुको प्रर्दशनी, नेपाल चलचित्र बजार ,सञ्जालमूलक कार्यक्रम ,चलचित्र सञ्जाल,उद्योग कार्यक्रम,लघु चलचित्र केन्द्र,कथानक चलचित्र केन्द्र, बृत्तचित्र केन्द्र, दृश्य कक्ष, प्रस्तुती कक्ष , रिर्टिट, मास्टर क्लास , कार्यशाला, अन्र्तक्रिया र सेमिनार रहनेछन । यसै गरि कला कार्यक्रमहरु, फोटोग्राफि कार्यशाला,साँगीतिक प्रस्तुतीहरु, चित्रकला प्रर्दशनी, योगा तथा ध्यान कार्यक्रम, कार्यशाला, विभिन्न कला, चलचित्र र साँगीतिक कार्यशाला, विभिन्न साहित्यीक प्रस्तुतीहरु रहनेछन ।
यसपटकका केही महत्वपूर्ण तालिका मध्य गौतम धिमालले दिने फेसन फोटोग्राफिको मास्टर क्लास, फ्रान्सकी कोलेट टोस्टीविन्टको प्रस्तुती, अनुप सुवेदी र उनका समूहको ह्याण्ड अन क्यामरा वर्कसफ अन फिल्म मेकिङ, साउन्ड र म्यूजिकका अन्र्तक्रिया कार्यक्रम चलचित्र प्रर्वद्धनका कुराकानी र फिल्म टुरिजमका बहस रहनेछन । यसपटकको अर्को आर्कषण पोखराको विभिन्न स्थानमा अंकिता पुनको सांगीतिक प्रस्तुति रहने छ ।
यो महोत्सव, देशको राजधानी भन्दा बाहिर प्रमुख पर्यटकिय शहर पोखरामा हरेक बर्ष हुने गर्छ । पामे चलचित्र महोत्सव नेपालको पर्यटन उद्योगका लागी पनि एउटा महत्वपूर्ण उत्सव हो, जस्ले चलचित्र पर्यटनको मुद्धालाई प्रमुख रुपमा अगाडी सारेर विभिन्न क्रियाकलापहरु गरिरहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit