पर्यटनमन्त्री श्रेष्ठद्वारा किर्तिमानी आरोही शेर्पालाई सम्मान

पर्यटन बजार७ पुष २०७९, बिहीबार मा प्रकाशित

पर्यटनमन्त्री श्रेष्ठद्वारा किर्तिमानी आरोही शेर्पालाई सम्मान

पुष ७,काठमाडौं  । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्याएर चढेर विश्व कीर्तिमान कायम गर्ने सानु शेर्पालाई सरकारले सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उनलाई बोलाएर प्रमाणपत्र दिएको हो । साहसिक कार्यमार्फत नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको भन्दै मन्त्रालयले उनलाई सम्मानपत्र दिएको हो । प्रमाणपत्र मन्त्री जीवनराम श्रेष्ठले शेर्पालाई हस्तान्तरण गरे । सोही क्रममा मन्त्री श्रेष्ठले उनलाई आफ्नो एक महिनाको तलब ७० हजार रुपियाँ पनि दिए ।                                                                                                     सोलुखुम्बुको मकालु गाउँपालिकाका वासिन्दा शेर्पा गाउँमा आर्थिक अवस्थाका कारण परिवार पाल्न कठिन भएपछि शहर झरेर ट्रेकिङ गाइडको काम गर्दै आरोहणमा लागेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?