पर्यटन बजार७ पुष २०७९, बिहीबार मा प्रकाशित
पुष ७ ,पोखरा। गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् ।
सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल भएको नबिर्सिएको पनि उल्लेख गरेका छन् ।
पर्यटन व्यवसायी समेत रहेका उनि विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध रहेका छन् भने ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत रहेका थिए । काठमाडौंको बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ सहित बजगाईको पर्यटन व्यवसायमा थुप्रै लगानी रहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit