न्यु इयर इभमा ‘नियामा ब्यान्ड’ को प्रस्तुति गोकर्ण हाउसमा 

पर्यटन बजार१४ पुष २०७९, बिहीबार मा प्रकाशित

न्यु इयर इभमा ‘नियामा ब्यान्ड’ को प्रस्तुति गोकर्ण हाउसमा 

पुस १४ ,काठमाडौँ।  अङ्ग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा धेरैको चिन्ता पनि बढ्ने गर्दछ।आउँदै गरेको नयाँ वर्षमा के कपडा लगाउने भन्ने चिन्ता एकातिर हुन्छ भने कुन गन्तव्यमा जाने , कसरि मनाउने , कहाँ मिठो खाना पाइन्छ लगायतका चिन्ता सँगै थपिन्छ।

अङ्ग्रेजी वर्षलाई समेत धूमधाम गरी मनाउने नेपाली सँगै विदेशी पर्यटकको सहजताका लागि गोकर्ण हाउस रेस्टुरेन्टले नयाँ वर्षको पुर्वसन्ध्यामा लाइभ म्युजिक कार्यक्रमको आयोजना गरी दोधारमा रहेका सबैको चिन्ताको समाधान गरिदिएको छ।

पर्यटकीय गन्तव्य ठमेलको पकनाजोलमा अवस्थित यस रेस्टुरेन्टमा नियामा ब्यान्डले लाइभ प्रस्तुति दिने भएको हो।

 नयाँ वर्ष २०२३ को अवसरमा गोकर्ण हाउस रेस्टुरेन्टमा हुने लाइभ म्युजिक , न्यु इयर इभमा सहभागी हुन् चाहनेले प्रि बुकिङ गर्न सक्नेछन् भने प्रि बुकिङमा विशेष छुट समेत पाउने व्यवस्था गरिएको रेस्टुरेन्टका म्यानेजर राजु पाण्डेले बताए।

शनिवार अर्थात् ३१ डिसेम्बर साँझ ६ बजे देखि सुरु हुने कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहनेमा आफू विश्वस्त रहेको समेत पाण्डेले बताए।

सुपथ मूल्य, सुन्दर वातावरण , मीठो खाना , कार्यक्रम हल , सांस्कृतिक साँझ, खुल्ला पार्किङको सुविधा सहित गोकर्ण हाउसले विगत ११ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?