आज ३०१ औं पृथ्वीजयन्ती मनाइँदै

पर्यटन बजार२७ पुष २०७९, बुधबार मा प्रकाशित

आज ३०१ औं पृथ्वीजयन्ती मनाइँदै

पुष २७,काठमाडौं । आज ३०१ औं पृथ्वीजयन्ती मनाइँदैछ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी बुधबार मनाउन लागिएको हो।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए।

Facebook Comment

छुटाउनुभयो कि?