पर्यटन बजार२८ पुष २०७९, बिहीबार मा प्रकाशित
पुष २८,काठमाडौं । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।
मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् । स्टाइलिस पहिरनमा आइपुगेकी मलाइका सेतो विन्टर ज्याकेट र कालो चस्मामा हट देखिएकी थिइन् ।
रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले र्याम्प नाप्नेछन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit