पर्यटन बजार५ माघ २०७९, बिहीबार मा प्रकाशित
माघ ५,काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त मन्त्री सुदन किराँतीलाई बधाई दिएको छ। टान कार्यसमितिले मन्त्रालय मै गएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
भेटमा टानका अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटन व्यवसायीहरूले हाल भोगिरहेका समस्या समाधान गर्नको लागि मन्त्री किराँतीको ध्यानाकर्षण गराएका थिए ।
टानका अध्यक्ष बास्तोलाले उपल्लो मुस्ताङ , डोल्पा , मनास्लुका धेरै ठाउँहरूमा मोटर बाटो पुगिसकेको सन्दर्भमा कम्तीमा ७ दिन / १० दिनको परमिट लिनै पर्ने बाध्यकारी व्यवस्था लाई परिमार्जन गर्न , निषेधित क्षेत्रको परमिट लिन कम्तीमा २ जना हुनै पर्ने व्यवस्थालाई हटाउन र ट्रेकिङमा व्यक्तिगत पदयात्रा(एफआइटी) परमिट जारी गर्ने कार्य तत्काल बन्द गर्न मन्त्री किराँतीको विशेष ध्यानाकर्षण गराएका थिए ।
टानले राखेका विषयमा सम्बोधन गर्दै मन्त्री किराँतीले उल्लेखित समस्यामा विशेष ध्यान दिएर काम गर्ने र आगामी दिनमा पनि टानको सल्लाह सुझाब लाई मनन गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit