पर्यटन बजार६ माघ २०७९, शुक्रबार मा प्रकाशित
माघ ६,काठमाडौं । हिमपात नभएपछि सगमारमाथा क्षेत्रमा पछिल्लो तीनदिनमा ९५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
जसमा विदेशी पर्यटक ७१ जना, नेपाली पर्यटक २ जना, पोटर १८ जना र गाईड ४ जना खुम्बु पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिए ।
उनीहरूबाट २ लाख १५ हजार १५० रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । हिँउ पर्दा चिप्लने तथा पदमार्ग समेत पुरिने भएकाले विगतका वर्षमा अफसिजनमा पर्यटक खुम्बु क्षेत्र जाँदैनथे ।
अहिले हिउँ नपरेकाले सोलुखुम्बुको टाक्सिन्दु हुँदै पर्यटक क्रमश: खुम्बु क्षेत्र गईरहेको अधिकृत उपाध्यायले बताए । कतिपय भने तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं आवजावत गर्ने गरेका छन् ।
अहिले खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जाडो छल्न बाहिरी जिल्ला तथा राजधानी काठमाडौं गएका छन् । जसले खुम्बु क्षेत्रको अधिकांश होटलबन्द छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit