पर्यटन बजार१६ माघ २०७९, सोमबार मा प्रकाशित
माघ १६,काठमाडौं । बाँके तथा बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘टुर दि ठाकुरद्वार २०२३’ आयोजना हुने भएको छ ।
स्थानीय भाषामा ‘चली ठाकुरद्वार’ बताइने यो कार्यक्रम विगत ५ वर्षदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा हुन गइरहेको यस कार्यक्रममा देश तथा विदेशबाट साइकल यात्रीहरू आउने नेपालगञ्ज साइक्लिङ क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दीप कार्कीले जानकारी दिए ।
कार्यक्रममा देश तथा विदेशबाट झण्डै २५० जना साइकल यात्री यसपाली नेपालगञ्ज आउने सम्भावना रहेको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज पर्यावरणको हिसाबले एकदम राम्रो भए पनि प्रचार-प्रसारको कमीले पछाडि परेको छ ।
यही माघ २७ र २८ गते हुन गइरहेको यस कार्यक्रमले बाँके तथा बर्दियाको पर्यटनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका साइकल यात्रीहरू आउने यस यात्रामा भारतबाट पनि ५० जना साइकल यात्री जोडिने भएका छन् ।
साइकल यात्रीहरूलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षातकार गराइने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने कार्कीले विश्वास लिएका छन् । उनी भन्छन्, ‘साइकलको चेनले हामी विभिन्न कुरालाई जोड्छौँ ।’
नेपालगञ्ज साइकल उत्सव भनेर पनि चिनिने यस कार्यक्रमबाट उठेको रकमले एउटा कोषसमेत तयार हुने उनले जानकारी दिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit