क्रुजसिप र जेटबोट : नियमन न लाइसेन्स, सुरक्षा न बिमा

पर्यटन बजार१८ माघ २०७९, बुधबार मा प्रकाशित

क्रुजसिप र जेटबोट : नियमन न लाइसेन्स, सुरक्षा न बिमा

माघ १८,काठमाडौँ।कोसी नदीमा सञ्चालित आधा दर्जन जल यातायात कम्पनीलाई डिभिजन वन कार्यालयले माघ मा एउटा पत्र पठायो पत्रको सारथियोवन क्षेत्रमा पर्ने सुनसरीको चतरास्थित कोसी किनारमा मोटरबोट जेटबोटका लागि बनाइएका बन्दरगाह (पोर्ट) प्रयोग नगर्नू/नगराउनू।यो पत्रले कोसीमा लामो समयदेखि जल यातायातका साधन चलाइरहेकाहरू झस्किए

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरी करोडौं लगानी गरेर सानाठूला आठवटा मोटरबोट जेटबोट चलाइरहेकाहरूलाई पछिल्लोसमय कहिले प्रशासन, कहिले वन कहिले स्थानीय तहको झमेलामा पार्ने गरेका छन् तर, उनीहरूसँग कम्पनी दर्ता गरेको बाहेक अरूकागजात नभएपछि अलमलमा छन्

जल यातायातको नियमन गर्न सरकारले नेपाल पानीजहाज कार्यालय स्थापना गरेको तर एकै पटक १० देखि ४० जनासम्म यात्रु लिएरचतरादेखि धनकुटातर्फको सिम्ले भोजपुरतर्फको कोप्चेसम्म पुग्ने मोटरबोट जेटबोट दर्ता गर्ने विषयमा चासोसम्म दिएको छैन उक्तकार्यालयले हालसम्म मोटरबोट जेटबोट सञ्चालकहरूसँग समन्वय, सम्पर्क छलफल गरेको पनि छैन

वन कार्यालयले चतरास्थित कोसीको नयाँ पुलछेउमा बन्दरगाह नबनाउन उर्दी जारी गरेको तर, वनले कुन निकायमा गुनासो सुनाउने, बोट चलाउने क्याप्टेन (चालक) हरूको लाइसेन्सका लागि कुन विभागमा जाने, जल यातायात सञ्चालन व्यवस्थापनबारे कसलाईभन्नेबारे कुनै उपाय सुझाएको छैन कोसीमा करिब दशकदेखि नेपाल रिभर ट्रान्सपोर्ट, कोसी एडभेन्चर प्रालि, दन्तकाली जलविहारप्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि नेपाल वरुण जल यातायातले चतरादेखि बराहक्षेत्र मन्दिर कटेरधनकुटातर्फको सिम्ले भोजपुरतर्फको कोप्चेसम्म मोटरबोट सञ्चालन गरिरहेका छन्

नेपाल रिभर ट्रान्सपोर्ट दन्तकाली जलविहार प्रालिका सञ्चालक अनिश थापाका अनुसार कोसीमा जल यातायातको सेवासुविधा दिन एडभेन्चर चाहने पर्यटकलाई मनोरञ्जन दिलाउन करोडौं लगानीका कम्पनी दर्ताकै भरमा छन्हाम्रा क्याप्टेनलाई चालक अनुमतिपत्र(लाइसेन्स) दिने हामीलाई नियमन गरेर कानुनी दायरामा ल्याउने निकाय छैन,’ उनले भने, ‘स्थानीय, प्रदेश संघीय सरकारले सुनेकाछैनन्, कम्पनीमार्फत राजस्व लिए पनि व्यवस्थित गर्न चासो नदिँदा सबैतिरबाट हेपिएका छौं

Facebook Comment

छुटाउनुभयो कि?