पर्यटन बजार२२ फाल्गुन २०७९, सोमबार मा प्रकाशित
फागुन २२, काठमाडौं । फागु पूर्णिमाको अवसरमा धुलिखेल जिपलाइनमा रमझम सुरु भएको छ । होली मनाउने क्रममा धुलिखेल पुगेका युवायुवती रङ खेल्दै जिपलाइनमा रमाएका हुन् ।
फागु पूर्णिमाको अवसरमा जिपलाइनमा २० प्रतिशत छुट दिइएको छ । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन असौत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।
करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी तथा जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
जिपलाइनको शुल्क क्लासिक (साधारण) जिपलाइनमा २५ सय रुपैयाँ, सुपरम्यान जिपलाइनमा पैंतीस सय रुपैयाँ र टेन्डम (जोडी) जिपलाइनमा ४५ सय रुपैयाँ तोकिएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit