पर्यटन बजार२६ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित
फागुन २६,काठमाडौँ । चीनले आफ्ना नागरिकको लागि खुल्ला गरेकाे पर्यटकीय गन्तब्य सूचीमा नेपाललाई समावेश गरेको छ ।
चीनको राष्ट्रपतिमा सि चिन फिङ्ग तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुल्ला गरेका ४० देशको सूची सार्वजनिक गरेको हाे । मार्च १५ तारिखदेखि पर्यटककाेरूपमा जान पाइने सूचीको पहिलो नम्बरमा नेपाललाई राखिएको छ ।
चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२०को जनवरीअन्तदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो ।
यसअघि पहिलाे चरणमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले फेब्रुुअरी ६ देखि यात्रा गर्न अनुमति दिइएका २० मुलुककाे नाम सार्वजनिक गरेकाे थियाे । पहिलाे सूचीमा समावेश अधिकांश मुलुकमा चिनियाँ पर्यटक खासै जाने गरेका थिएनन् ।
पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचकाे हवाइ सेवा भने आंशिकरूपमा खुल्ला गरिएकाे छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit