पर्यटन बजार१ चैत्र २०७९, बुधबार मा प्रकाशित
चैत १,काठमाडौं । दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन् । एक हजार किलाेमिटर पैदल यात्रा गरेर लुम्बिनी आएकाे समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहकाबीच मंगलबार स्वागत गरेको छ ।
कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान लगायतले पैदलयात्रीहरुलाई बुद्ध जन्मस्थलमा खादा ओढाएर स्वागत गरे ।
कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit