वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू

पर्यटन बजार३ चैत्र २०७९, शुक्रबार मा प्रकाशित

वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू

चैत ३,काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् ।

विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ । उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।

यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका ३/३ जना छन् ।

नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट २/२ जनाले अनुमति लिइसकेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?