पर्यटन बजार१० चैत्र २०७९, शुक्रबार मा प्रकाशित
चैत १०,काठमाडौं । थुलुङ दुधकोशी गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई तिर्थ यात्रामा लग्ने भएको छ । गाउँपालिकाले प्रत्येक वडाबाट ७ जनाको दरले जम्मा ६३ जनालाई खोटाङको प्रसिद्ध धार्मिक स्थल हेलेसी लैजाने भएको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तिर्थयात्रामा लैजाने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकि अधिकृत खरिधन राईले जानकारी गराएका छन ।
तिर्थयात्राका लागि गाउँपालिकाले मुटु रोगी नभएको, आँखा देख्न सक्ने तथा अपाङगता नभएको, शौचालय जान सक्नेहरुको नाम गाउँपालिकामा चैत्र १२ गते भित्र पठाउन वडा कार्यालयहरुलाई आग्रह गरेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit