पर्यटन बजार१७ चैत्र २०७९, शुक्रबार मा प्रकाशित
चैत १७,काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग आकस्मिक बैठक बसी विभिन्न प्रश्नहरुको जवाफ मागेका छन् ।
बुधबार मन्त्री किराँतीले आफूले विमानस्थलका कर्मचारीबाट उत्तर बोलेर र लेखेर नभएर मरिणाममा खोजेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु । अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु ।’
उनले व्यागेज चोरिएको घटनाहरु सत्य हो ?, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्याङ्ग के हुँदैछ ?, कहिले सम्म बनि सक्छ ?, र समयमा जहाज उड्दैछ कि छैन ? लगायतका बिषयको जवाफ मागेका हुन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit