जामे मस्जिदमा रमजानको रौनक ( तस्बिर )

पर्यटन बजार१७ चैत्र २०७९, शुक्रबार मा प्रकाशित

जामे मस्जिदमा रमजानको रौनक ( तस्बिर )

चैत १७,काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भइसकेको छ । चैत्र १० गते देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू विहानै निराहार रोजा (व्रत) बसी जामे मस्जिदमा नमाज पढ्ने गरेका छन् ।

इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । इस्लाम धर्मावलम्बीहरुले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ ।


घण्टाघर स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ ।

जामे मस्जिदका अध्यक्ष अब्दुल समिमका अनुसार विशेष गरि शुक्रबार नमाज एक्लै पढ्न नमिल्ने र समुहमा जम्मा भएर मस्जिदमा पढ्नुपर्ने हुन्छ। यसले एकआपसमा भाइचारा बढाउन समेत मद्धत गर्ने समिम बताउँछन।

तस्बिर : बिनिता सिवाकोटी

Facebook Comment

छुटाउनुभयो कि?