पर्यटन बजार६ बैशाख २०८०, बुधबार मा प्रकाशित
बैसाख ६,काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कतारी राजकुमारी आस्था अल्थानिलाई बधाइ दिएका छन्। मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण गरेकोमा बधाई दिएका हुन्।
‘सगरमाथासहित ८ हजारभन्दा माथिको ८ हिमाल आरोहण गरिसक्नुभएको कतारका राजकुमारी आस्था अल्थानिलाई भर्खरै अन्नपुर्ण हिमालको सफल आरोहण गर्नुभएकोमा हार्दिक बधाई, यहाँको नेपाल बसाइँ सुखद् रहोस्,’ उनले लेखेका छन्।
त्यस्तै उनले आस्थ आस्थाले नेपाल भ्रमणको लागि विश्वभरका पर्यटकलाई आह्वन गर्नेमा समेत आफू विश्वस्त रहेको बताएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit