चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति

पर्यटन बजार१८ बैशाख २०८०, सोमबार मा प्रकाशित

चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति

बैशाख १८,काठमाडौं। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुईरतीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन्।

समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान छ

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्।

सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन्।

सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरू हुन्छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको खबर राससले प्रकाशित गरेको छ।

Facebook Comment

छुटाउनुभयो कि?