नेपालमा पर्यटकको आगमन उत्साहजनक

पर्यटन बजार१९ बैशाख २०८०, मंगलवार मा प्रकाशित

नेपालमा पर्यटकको आगमन उत्साहजनक

बैशाख १९,काठमाडाैं । अप्रिल महिनामा नेपालमा झन्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक भित्रिएका हुन् ।

अघिल्लो महिना मार्चमा पनि झन्डै एक लाख पर्यटक नेपाल भित्रिएका थिए। कोभिड महामारीबाट थाल परेको पर्यटन क्षेत्रमा तङ्ग्रिन थालेको छ । पर्यटक आगमन बढ्दै गएपछि व्यवसायीहरू उत्साहित भएका छन् ।

सन् २०२३ को फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ५५ हजार ७४ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२३ को चार महिनामा मात्रै करिब तीन लाख तीस हजार पर्यटक भित्रिएका छन् । स्थलमार्ग खास गरी भारतबाट आउने पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?