पर्यटन बजार२३ बैशाख २०८०, शनिबार मा प्रकाशित
बैशाख २३,काठमाडौं । सिद्धार्थ गौतमकी आमा मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्धलाई शोभायात्रासहित कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
सिद्वार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाएका हुन् ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit