पर्यटन बजार१० जेष्ठ २०८०, बुधबार मा प्रकाशित
जेठ १०,काठमाडौं । हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन्।
जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन्।
नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन्। जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिए । उनका अनुसार ५ सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम-युएस) का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए।
उनका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit