पर्यटन बजार३१ श्रावण २०७७, शनिबार मा प्रकाशित
साउन ३१,काठमाडौं । पर्यटन क्षेत्रसँग आबद्ध २१ वटा संघसस्थाहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी भदौ १६ गतेदेखी पर्यटकीय गतिविधि बढाउन सरकारसँग आग्रह गरेको छ ।
ती संघस्थाहरुले सरकारलाई कोभिड अनुकूलताका कार्ययोजना बनाइ हवाई पर्यटन क्षेत्रसँग सम्बन्धीत विभिन्न क्षेत्रहरु खुला गर्नुपर्ने माग अघि सारेका हुन् ।
सरकारले पछिल्लो समय भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई उडान खुला गर्ने,साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय गरेको भएपनि कोभिडको संक्रमण बढेको भन्दै तत्कालका लागि बन्द गर्ने सरकारले निर्णय गरेको थियो ।
अन्य व्यवसाय सञ्चालनमा आएपनि पर्यटनसँग सम्बन्धीत व्यवसायहरु सञ्चालनमा आउन नसकेको भन्दै भदौ १६ बाट भने व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन ।
चार्टर्ड र रिप्याट्रियसन उडानका नाममा दैनिक ७ देखि १० वटा सम्म भइरहेको उडानले मुलुकको अर्थतन्त्रमा खासै योगदान नगर्ने व्यवसायीहरुको दाबी छ । व्यवसाय खुला गराउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स,ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, होटल एशोसिएशन, नेपाल पर्वतारोहण संघ लगाएतका रहेका छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit