पर्यटन बजार२ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ २,काठमाडौं । चार्टर्ड उडानमा चर्को भाडा असुल्ने गरेको भन्दै चौतर्फि विरोधपछि सरकारले भदौ १ बाट तय गरेको चार्टर्ड उडान स्थगन गरेको छ । नियमीत उडान नगरी सिमित ट्राभल एजेन्सीहरुको प्रभावमा परेर संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड उडानलाई प्राथमिकता दिदै आएको समचारहरु प्रकाशन भइरहेको बेला सरकारले कोरोना भाइरसलाई बहाना बनाएर उडानमा रोक लगाएको हो ।
मन्त्रालयले जारी गरेको सुचनामा दैनिक रुपमा संक्रमण दर बढेकोले उद्धार उडानबाट आएका नेपालीलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सहज बनाउन केही दिनका लागि सबै वायुसेवाको चार्टर्ड उडान स्थगित गरिएको उल्लेख छ ।
उद्वार गरि ल्याईएका नेपालीलाई होटलको व्यवस्थापनदेखि सुरक्षित रुपमा ल्याउनेसम्मको काम गर्नुपर्ने भएकोले हाललाई उडान स्थगित गरिएको जनाएको छ ।
नेपाल वायुसेवा निगमले १ भदौदेखि शुरु भएको यस्तो उडान सीसीएमसीबाट अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गर्न निर्देशन दिएको उल्लेख गरेको छ। निगमले १ भदौको लागि काठमाडौं –दुबई उडान भने गरेको र २ भदौदेखि हुने उडानलाई भने स्थगित गरेको जानकारी दिएको छ।
सरकारले निगमलाई १ भदौदेखि १५ भदौसम्मको लागि १७ वटा उद्धार उडानको अनुमति दिएको छ। यो बाहेक हिमालय एयरलाइन्ससहित अन्य विदेशी वायुसेवाले गर्ने उद्धार उडान पनि स्थगित भएको छ।
सरकारले १ भदौदेखि दैनिक ५ सय जना मात्रै ल्याउन पाउने गरी सम्बन्धित वायुुसेवालाई उद्धार उडानको अनुमति दिएको थियो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit