पर्यटन बजार४ भाद्र २०७७, बिहीबार मा प्रकाशित
भदौ ४, काठमाण्डौ। भारतमा एकैदिनमा ७० हजार एक सय एक संक्रमित थपिएका छन्। कोरोना भाइरसको महामारी फैलिएयता बुधबार एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्। सोही अवधिमा ज्यान गुमाउनेको संख्या नौ सय ७८ छ।
भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना संक्रमित भएका छन्, ५३ हजार नौ सय २९ को भाइरस संक्रमणबाट मृत्यु भएको छ।
सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा २४ घण्टामा १३ हजार एक सय ६५ जना नयाँ संक्रमित भेटिएका छन्। अगस्टका १९ दिनमा मात्रै त्यहाँ दुई लाखभन्दा बढी संक्रमित भएका छन्।
भारतमा सक्रिय संक्रमित ६ लाख ८८ हजार एक सय ६२ छन्, २० लाख ९० हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट निको हुनेको संख्या ७३ दशमलव ८ प्रतिशत छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit