पर्यटन बजार१५ भाद्र २०७७, सोमबार मा प्रकाशित
भदौ १५ ,काठमाडौँ।चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत् भरतपुरका ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो। ती पुरुषमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। उनीहरू मध्ये ६ जना चितवनका हुन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit