पर्यटन बजार१६ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ १६, काठमाडौं। सरकारले काठमाडौं उपत्याका वरिपरी हाइकिङ ट्रेल निर्माण गर्ने भएकव छ।
आन्तरिक पर्यटनका लागि पूर्वाधार विकास गर्न यो परियोजना अघि बढाइएको पर्यटन विभागले जानकारी दिएको छ। विभागका अनुसार यस्तो ट्रेल ककनी,गुर्जुभन्ज्याङ, सुर्यचौर,अलडाँडा,शिवपुरी,भारदेव, लेले, देउराली र गोदावारी क्षेत्रमा निर्माण तथा सौन्दौर्यकरण हुने छन्।
विभागले यसका लागि टेन्डर आव्हान गरिसकेको छ। यसरी खुला प्रतिस्पर्धाबाट छानिएका निर्माण व्यवसायीले यस्तो मार्ग बनाउने र रेखदेखकका लागि स्थानीय सरकारसँग सहकार्य गरिने विभागले जानकारी दिएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit