पर्यटन बजार२४ भाद्र २०७७, बुधबार मा प्रकाशित
भदौ २४, काठमाण्डौ। अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलोबाट आठ जनाको ज्यान गैसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ ।
डढेलोका कारण ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति भैसकेको बीबीसीले जनाएको छ । एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएकाे विभागले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको बताएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयका जलवायुविज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ । त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit