पर्यटन बजार५ आश्विन २०७७, सोमबार मा प्रकाशित
असोज ५ ,काठमाडौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको कार्य एक हप्ताभित्र सकिने जनाएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले एक साताभित्र पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने बताएका हुन् ।
पोखरीमा ३ करोड लिटर पानी भरिने रानी पोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले बताए । पोखरीको ३ वटै तहमा करिब १४ करोड लिटर पानी अट्छ । अहिले भरिएको पानी स्थिर भएपछि विस्तारै अन्य तहहरुमा पानी भरिने बताइएको छ । सचिव तुलाधारका अनुसार पोखरीको उद्घाटन चाँडै नै हुनेछ । यस वर्षको भाइटिकाबाट पोखरी पूर्ण रुपमा खुला हुने उनले बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit