पर्यटन बजार१८ आश्विन २०७७, आईतवार मा प्रकाशित
१८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामरीको कारण विश्वको पर्यटन क्षेत्र नै समस्यामा परेको अवस्थामा चीनमा भने आन्तरिक पर्यटन पुनः महामारीभन्दा पहिलाकै अवस्थामा फर्किन थालेको छ ।
चीनको संंस्कृति तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार गत बिहीबार राष्ट्रिय दिवसमा ९ करोड ७० लाख आन्तरिक पर्यटकले चीनको विभिन्न स्थानको भ्रमण गरेका थिए । यो संख्या गत वर्षको सोही दिनको तुलनामा ७३ दशमलव ८ प्रतिशत हो । समग्र आम्दानी भने यस वर्ष ११ अर्ब २९ करोड डलर भएको छ । जुन, अघिल्लो वर्षको तुलनामा ६८ दशमलव ९ प्रतिशत हो ।
स्रोत : ग्लोबल टाइम्स
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit