पर्यटन बजार१७ कार्तिक २०७७, सोमबार मा प्रकाशित
कात्तिक १७, काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ ।
यो टोलीले मनास्लु (८१६३ मि.)को हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ ।
यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम (६८१४मि.) हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् ।
विभागका अनुसार यसबाहेक ग्लाल्जेन पीक (६१५१ मि.) र हिमलुङ हिमाल (७१२६ मिं) आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।
यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्यांक छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit