असोजदेखि मंसिरसम्मको तीन महिना सबैभन्दा बढी आन्तरिक पर्यटक लुम्बिनी आउने सिजन हो । यो अवधिमा लुम्बिनीको मौसम न गर्मी, न धेरै जाडो हुने हुँदा स्वदेशी–विदेशी पर्यटकहरु ओइरिन्थे ।
लुम्बिनीमा आन्तरिक र बाह्य गरी वार्षिक सरदर १५ लाख पर्यटक आउँछन् । तर, यो वर्ष पर्यटक नआउँदा लुम्बिनीका होटल–रेष्टुरेन्ट, पर्यटक लक्षित अन्य व्यवसाय र ई–रिक्सा चालकको आम्दानी गुमेको छ । सबैखाले व्यवसायी निराश छन् ।