पर्यटन बजार५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा थप पाँच हजार तीन सय ६४ जना कोरोना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार यो संख्यासँगै संक्रमण निको हुनेको संख्या एक लाख ९१ हजार एक सय दुई पुगेको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit