टानको २५ सदस्यीय कार्यसमितिले पायो पुर्णता

पर्यटन बजार१० मंसिर २०७७, बुधबार मा प्रकाशित

टानको २५ सदस्यीय कार्यसमितिले पायो पुर्णता

मंसिर १०, काठमाण्डौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को २५ सदस्यीय कार्यसमितिले पुर्णता पाएको छ ।

आज टान  कार्यकारिणी बैठकले जनता समाजबादी पार्टी निकट नेपाल पर्यटन परिषद्का गोबिन्द पन्त, हरी कडरिया, कुलप्रसाद सुबेदी लाई मनोनित गर्ने निर्णय गरेको हो ।
यस्तै समावेशी कोटाबाट नेपाली कांग्रेस निकट पर्यटकीय संगठन(नीट)का  बल बहादुर सामरी, जनजातिबाट जितेन्द्र झाँक्री र महिला कोटाबाट सुस्मा बस्नेत गरी कुल ६ जना मनोनित गरिएको हो ।

२ बर्षे बिधानतः कार्यकाल रहेको टानमा प्रत्यक्ष निर्वाचीत १९ जना सदस्य र ६ जना मनोनित हुने प्रावधान छ । तर निर्वाचन सम्पन्न भएको १४ महिनापछि कार्यसमितिले आज पुर्णता पाएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?