पर्यटन बजार१४ मंसिर २०७७, आईतवार मा प्रकाशित
मंसिर १४, काठमाडौं । स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन र्याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।
‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु (हजार मुर्ति सहितको स्तुपा) समेत भत्काउन गइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले भने ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit