नागार्जुन नगरपालिकामा पर्ने चर्चित १५ पर्यटकीयस्थल

माघ २२ ,काठमाडौँ। नागार्जुन नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अन्तर्गत काठमाँडौ जिल्लामा पर्दछ । पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् ।

पर्यटकीय हिसाबले पनि धेरै स्थानहरु रहेको यस नगरपालिकाले पर्यटन क्षेत्रलाइ नै मुख्य आधार बनाएर पूर्वाधार निर्माणको कार्य गरिरहेको छ। यस क्षेत्रको चर्चित पर्यटकीय स्थल ह्वाईट गुम्बा स्वयंभुबाट करिब १५ किमिको दूरीमा १५ सय मिटरको उचाइमा अवस्थित छ । सेतो ढुङ्गाबाट निर्मित भएकाले यस गुम्बालाई सेतो गुम्बा भनिएको हो ।

उपत्यकाको दक्षिण भेगमा पर्ने यस गुम्बाका भित्ताहरुमा गौतम बुद्धको जीवन र बौद्ध संस्कृति झल्काउने किसिमका चित्रहरु पोतिएका छन् । त्यस्तै यसभित्र बुद्धका विभिन्न अवतारहरुको मूर्ति राखिएको छ । यहाँबाट सूर्योदय र सूर्यास्त सँगसँगै काठमाडौंको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण को केन्द्र बनाउन नगरपालिकाभित्र भएका पर्यटकीयस्थल सिँगार्ने काम हाल भइरहेको छ । इचङ्गुनारायण मन्दिर, हल्चोक आकाशभैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान, स्विजरल्यान्ड पार्कलाई पर्यटकमैत्री बनाइएको छ ।

त्यस्तै, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर र नगरपालिकाका विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने काम भइरहेको छ । नगरपालिकामा भएका क्षेत्र सधैँ पर्यटकका लागि आकर्षण स्थल भएकै कारण पर्यटकलाई लक्षित गरी यी क्षेत्रलाइ थप थप आकर्षक बनाउन स्थानीय सरकार लागिपरेको छ ।”

भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ । नगरपालिकाको क्षेत्रफल २९.८ वर्ग कि.मी. उत्तरी आक्षांश २७० ४०’ देखि २७० ४४’ पूर्वी देशान्तर ८५० १२’ देखि ८५० १७’ औषत उचाई : समुद्र सतह देखि १३०० देखि २५०० मी. सम्म । भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ |

Comment / Rely From